गैंडाकोटको प्रमुख प्रशासकीय अधिकृतमा रिजाल

गैँडाकोट, ८ चैत । गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यहाँ कार्यरत छविलाल सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा मुक्तिराम रिजाल सोमबार गैंडाकोट आएका छन् । रिजाललाई नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्षहरु नवराज कँडेल, प्रेमप्रसाद सापकोटालगायतले स्वागत गर्दै प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन सुझाव दिएका छन् […]
लायन्स क्लब अफ चितवन सौराहामा सुमनको नेतृत्व

भरतपुर, ८ चैत । लायन्स क्लब अफ चितवन सौराहाको अध्यक्षमा सुमन घिमिरे सर्वसम्मत चयन भएका छन् । सोमबार सौराहामा सम्पन्न १५औँ वार्षिक साधरणसभाबाट वर्ष २०२२/२३ का लागि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । १५ सदस्यीय उक्त समितिमा प्रथम उपाध्यक्ष माला दाहाल, द्वितीय उपाध्यक्ष ऋषिराम तिवारी, तृतीय उपाध्यक्ष देवकला भट्टराई, सचिव रञ्जन भण्डारी, कोषाध्यक्ष […]
म्यादी प्रहरी अर्थात् अल्परोजगारी

निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मतदान हुने दिन घोषणा गरेको छ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालयले देशभर १ लाख म्यादी प्रहरी माग गरेको छ । चितवन जिल्लामा १ हजार ७ सय ९ जना म्यादी प्रहरी भर्ना गर्ने तयारीमा जिल्ला प्रहरी कार्यालय जुटेको छ । […]
कला मन्दिरको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

भरतपुर, ८ चैत । नारायणी कला मन्दिर नारायणगढको कार्ययोजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ । चितवनको देवनगरमा भएको सो कार्यक्रममा विगत २ वर्षसम्म भएका कार्यक्रमको बारेमा निवर्तमान अध्यक्ष उद्धव जोशीले जानकारी गराएका थिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुबिर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम […]
चीनको झुआङमा यात्रुवाहक विमान दुर्घटनापछि उद्धार कार्य जारी

नानिङ, ८ चैत । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धार कार्य जारी रहेको छ । उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजी कार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ ।दक्षिण चीनको […]
गैँडा स्थानान्तरण गर्न अध्ययन

भरतपुर, ८ चैत । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका […]
पूर्वमन्त्री सिंह र कलाकार मानन्धर एमालेमा

काठमाडौँ, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउनुभएको छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता […]
१२ वर्ष कैद माग गर्दै पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता

दमौली, ८ चैत । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । […]
२०७८ चैत ८ गते मंगलबारको कायाकैरन दैनिक(E-paper)
घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिने

लमजुङ, ८ चैत । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । अब स्मार्ट भिलेज घलेगाउँलाई ०७९ बैशाख २ गते सुखी गाउँको रुपमा घोषणा गरीने घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बैशाख २ गते घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय […]
चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशंका

भरतपुर, ८ चैत । चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । विमानमा रहेका सबैको मृत्यु भएको आंशका गरिए पनि हालसम्म कसैको अवस्था बारे स्पष्ट जानकारी नभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । ८ हजार ८६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको हो । त्यसका कारण वन क्षेत्रमा […]