कला मन्दिरको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

भरतपुर, ८ चैत ।
नारायणी कला मन्दिर नारायणगढको कार्ययोजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न भएको छ । चितवनको देवनगरमा भएको सो कार्यक्रममा विगत २ वर्षसम्म भएका कार्यक्रमको बारेमा निवर्तमान अध्यक्ष उद्धव जोशीले जानकारी गराएका थिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुबिर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले कला मन्दिरलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । छलफलका क्रममा कला मन्दिरमा भएका कमिकमजोरीलाई सुधार गरि अगाडि बढ्ने निचोड तय भएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई ग्रुप बनाई आउँदा दिनमा कसरी कला मन्दिरले साहित्य र कलाको जगेर्ना गर्न सकिन्छ भनि एकापसमा छलफल गरि तालिका तयार गरिएको छ । सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विगतमा जस्तै कला मन्दिरलाई सहयोग गर्ने बताए । भाषा , साहित्य, कला र संस्कृतिको संरक्षण विकास र प्रबर्द्धनका लागि सहकार्य एवं सहयोग गर्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरे ।

कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा श्रेष्ठले कला मन्दिरले विभिन्न बिधामा थुप्रै कलाकारहरु जन्माई देश तथा विदेशमा समेत आफ्नो प्रतिभा देखाउन सफल भएको बताए । संस्थाका जिम्मेवार व्यक्तिहरु अझ बढी सक्रिय रुपमा लागिपरेर संस्थालाई अगाडि बढाउन उनले सुझाव दिए ।

कार्यक्रममा कला मन्दिरका सचिव सनद पियाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा कला मन्दिरका पुर्वअध्यक्षहरु राजु श्रेष्ठ, सहन प्रधान, शेखर श्रेष्ठ, बिज्ञानलाल श्रेष्ठ, दीलिप पिया, अमर प्रधान सहित संस्थाका नव निर्वाचित पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यस्तै उद्योग वाणिज्य संघ चितवनका बरिस्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library