चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशंका

भरतपुर, ८ चैत ।
चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा रहेका सबैको मृत्यु भएको आंशका गरिए पनि हालसम्म कसैको अवस्था बारे स्पष्ट जानकारी नभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । ८ हजार ८६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको हो । त्यसका कारण वन क्षेत्रमा आगलागी समेत भएको थियो ।

दुर्घटना लगत्तै राष्ट्रपति सी जिनपिङले खोजी तथा उद्धारका लागि आदेश दिएको सिन्ह्वाले उल्लेख गरेको छ ।

युनान प्रान्तको कुनमिङबाट स्थानीय समय अनुसार दिउँसो सवा १ बजेतिर उडान भरेको विमान दिउँसो ३ बजेर सात मिनेट जाँदा ग्वान्झाउ पुग्ने तालिका थियो । तर बिचैमा विमान दुर्घटनामा परेको हो ।

अहिले पनि खोजीकार्य जारी रहेको उल्लेख छ ।

सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको थियो ।

१२३ जना यात्रु र चालकदलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको हो । स्थानीय बासिन्दाले विमान सिधै तल खसेको देखेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library