प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम, ३ माघ ।
गठन भएको चार वर्षपछि प्रदेशसभा बैठकबाट ‘प्रदेश २’ को नाम ‘मधेश प्रदेश’ राखिएको छ । प्रदेशसभाको सोमबारको बैठकको दुईतिहाई मतले ‘मधेस प्रदेश’ राख्ने प्रस्ताव पास गरेको हो ।

प्रदेशसभाको अपरान्ह बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले ‘मधेश प्रदेश’ को पक्षमा मत दिएका थिए । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ गठबन्धनको नेकपा (माओवादी केन्द्र) र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा ‘मधेश प्रदेश’ प्रस्ताव गरेका थिए ।

पक्षमा जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । एक जना सदस्य रहेको ‘नेपाल संघीय समाजवादी पार्टी’ ले पनि मधेशमा समर्थन जनाएको थियो । प्रदेशसभामा भएको गोप्य मतदानमा अरु दलका १६ सांसदले पार्टी नीतिविपरीत ‘फ्लोर क्रस’ गरी ‘मधेश प्रदेश’ को पक्षमा मतदान गरेका कारण पारित भएको हो ।

प्रदेशसभामा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एमाले र नेकपा (एकीकृत–समाजवादी) ले ‘जानकी’ र तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । दुई वर्षअघि २०७६ चैत ३ गते भएको मतदानमा कुनै नामले दुईतिहाई जुटाउन सकेको थिएन । त्यसअघि सोमबारै बसेको पहिलो बैठकले प्रदेशसभाले स्थायी राजधानी जनकपुरधाम भनी टुंगो लगाएको छ ।

जनकपुरको पक्षमा ७८ जनाले मत दिएका थिए । प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट