पूर्वीय दर्शन र समृद्ध नेपाल

  जबसम्म कुनै राष्ट्रले आफ्नो दर्शन​, मौलिकता र आफूसँग उपलब्ध साधनस्रोतको पहिचान​, संरक्षण एवं सदूपयोग गर्न सक्दैन तबसम्म त्यो राष्ट्रले समृद्धिको कुरा गर्नु मिथ्या प्रचारबाजी मात्रै हुन्छ र त्यस्तो अवस्थामा त्यस राष्ट्रका सरकार तथा राजनैतिक दलहरुले समृद्धिको कुरा गर्नु चुनावीसभामा जनता झुक्याउन गरिने भाषण मात्रमा सिमित हुन जान्छ​। आज अरब मुलुकहरुले  आफूसँग भएको अपार तेलभण्डारको […]

प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम, ३ माघ । गठन भएको चार वर्षपछि प्रदेशसभा बैठकबाट ‘प्रदेश २’ को नाम ‘मधेश प्रदेश’ राखिएको छ । प्रदेशसभाको सोमबारको बैठकको दुईतिहाई मतले ‘मधेस प्रदेश’ राख्ने प्रस्ताव पास गरेको हो । प्रदेशसभाको अपरान्ह बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले ‘मधेश प्रदेश’ को पक्षमा मत दिएका थिए । […]

चितवन जिल्ला लिगमा पानसको सानदार जित

भरतपुर, ३ माघ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा पानस युवा क्लबले सानदार जित हात पारेको छ । सोमबार भएको दोस्रो खेलमा पानसले नारायणगढ फुटबल क्लब (एनएफसी) लाई ४-० ले पराजित गरेको हो । खेलमा सुरुवातदेखि नै पानसले एनएफसीलाई दबाबमा राखेको थियो । पानसको जितमा अमिस महतोले दुई तथा सचिन तामाङ र अशोक […]

बिएफसीविरुद्ध सौराहाको कमब्याक जित

भरतपुर, ३ माघ । सञ्जय चौधरीको दुई गोलको मद्दतमा सौराहा युवा समाजले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित हात पारेको छ । आज भएको पहिलो खेलमा सौराहाले बिएफसीविरुद्ध ३-२ को कमब्याक जित हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बिएफसीका राजन गुरुङ र […]

चीनमा जन्मदर ७२ वर्ष यताकै कम

एजेन्सी सन् २०२१ मा चीनको जन्मदर घटेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा १ हजार व्यक्तिमा ८ दशमलव ५२ दर रहेकोमा सन् २०२१ मा उक्त दर ७ दशमलव ५२ मा झरेको छ । विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड शुरु भएयताकै यो तथ्यांक सबैभन्दा कम […]

स्वास्थ्यकर्मीलाई निःशुल्क औषधि उपचारको माग

काठमाडौं, ३ माघ । स्वास्थ्यकर्मीहरूलाई निःशुल्क औषधि र उपचारलगायतको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई यस्तो व्यवस्था गरिनुपर्ने राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेका हो । संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको वीमा व्यवस्था गर्नुपर्ने जस्ता १३ बुँदे माग राखेको छ। अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित […]

चितवन कोभिडको उच्च जोखिममा

भरतपुर, ३ माघ / रासस चितवनमा काेभिड भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता संक्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै […]

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित निवन्ध लेखन प्रतियोगितामा पत्रकार अधिकारी पहिलो

भरतपुर, ३ माघ । नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम भएका छन् । `नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था´ बिषयक निवन्ध लेखन प्रतियोगितामा अधिकारी पहिलो, पत्रकार रामशरण गैरे दोस्रो र सुनिल पराजुली तेस्रो भएका हुन् । महासंघ चितवन शाखाका सचिव एवं प्रतियोगिताका संयोजक […]

वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै

कावासोती, ३ माघ । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो । उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ । घाँसे मैदान क्षेत्रका बुट्यान, पुराना खरघारीलगायत मिचाहा प्रजातिका […]

परासी र सुनवल औद्योगिक क्षेत्रमा अब विद्युत निरन्तर

भरतपुर, ३ माघ । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत […]

कोभिड संक्रमण बढेपछि यातायात कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु

भरतपुर, ३ माघ । रासस जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै […]

आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरु

भरतपुर, ३ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत […]