एजेन्सी
सन् २०२१ मा चीनको जन्मदर घटेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा १ हजार व्यक्तिमा ८ दशमलव ५२ दर रहेकोमा सन् २०२१ मा उक्त दर ७ दशमलव ५२ मा झरेको छ ।
विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड शुरु भएयताकै यो तथ्यांक सबैभन्दा कम हो । सन् २०२१ मा, देशले एक करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ । यससँगै चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ ।
विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीका कारण यसले आर्थिक वृद्धि प्रभावित बन्ने चेतावनी दिएका छन् ।
एक दशकमा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअनुसार चीनको जनसंख्या सन् १९६० पछि सबैभन्दा कम दरमा बढेको छ ।
एक दशकमाा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअनुसार चीनको जनसंख्या सन् १९६० पछि सबैभन्दा कम दरमा बढेको छ ।





