भरतपुर, २६ मंसिर ।
कवि खनाल रेवतीरमणको नयाँ पुस्तक `जीवन र मृत्यु´ प्रकाशन भएको छ । यो सूत्र काव्य हो ।
पुस्तकमा जीवन र मृत्युुका गन्थनलाई काव्यमा उतारिएको छ । आफ्नै जीवनका निजी विचारलाई काव्यको जलप लगाएर पुस्तक तयार गरेको कवि खनालले पुस्तकमा लेखेका छन् ।
पुस्तकलाई त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले प्रकाशन गरेको हो । पुस्तकमा ९६ पृष्ठ छन् । मूल्य १५१/- छ । `जीवन र मृत्युु´ लेखकको आठौं पुस्तक हो ।
पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।





