एमालेले तोक्यो ७ प्रदेशमा नयाँ इञ्चार्ज

भरतपुर, २६ मंसिर । नेकपा एमालेले सातवटै प्रदेशका लागि इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले आइतबार इन्चार्ज तोकेका हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

खनालको आठौं पुस्तक `जीवन र मृत्युु´ प्रकाशित

भरतपुर, २६ मंसिर । कवि खनाल रेवतीरमणको नयाँ पुस्तक `जीवन र मृत्यु´ प्रकाशन भएको छ । यो सूत्र काव्य हो । पुस्तकमा जीवन र मृत्युुका गन्थनलाई काव्यमा उतारिएको छ । आफ्नै जीवनका निजी विचारलाई काव्यको जलप लगाएर पुस्तक तयार गरेको कवि खनालले पुस्तकमा लेखेका छन् । पुस्तकलाई त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले प्रकाशन गरेको हो । […]

कांग्रेस महाधिवेशन : उम्मेद्वारहरूको अन्तिम नामावली (सूचीसहित)

काठमाडौँ, २६ मंसिर । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पदाधिकारीसहित खुला तथा विभिन्न कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूलाई आफ्नो नाम फिर्ता लिन […]

कांग्रेसको महाधिवेशन रौनक (तस्बिरहरू)

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनका कारण आइतबार बिहानदेखि नै प्रदर्शनी मार्ग र भृकुटीमण्डप क्षेत्रमा पार्टीका प्रतिनिधिको भीड देखिन्थ्यो । काठमाडौँ शहरैभरि कांग्रेसको चार तारा र चुनाव चिह्न रुख अंकित झण्डा टाँगिएका थिए । उता प्रचारप्रसारजन्य सामग्रीले प्रदर्शनी मार्गको फुटपाथ छेउ पूरै ढाकिएको थियो । अघिल्लो दिन मात्रै महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि मनोनयन […]

शिशुलाई खुवाइने पाउडर दूधको उपभोग बढ्दो

भरतपुर, २६ मंसिर । पछिल्ला वर्षहरूमा आमाको दूधलाई प्रतिस्थापन गर्ने खालका खाद्यवस्तु (बालसूत्र)को उपभोगको दर बढ्दै जान थालेको देखिएको छ । शिशुको वृद्धि तथा विकासका लागि आमाको दूध नै सर्वाेत्तम हुने भएपनि शहरी क्षेत्रमा बच्चाहरूलाई पाउडर दूध लगायतका खाद्यवस्तु खुवाउने बानी सामान्य जस्तै हुन थालेको हो । अभिभावकहरूमा आफ्ना बालबच्चालाई बोतलबाट पाउडर दूध खुवाउने प्रवृत्ति […]

चोकबजारमा त्रिशक्ति मनि ट्रान्सफर संचालनमा

भरतपुर, २६ मंसिर । भरतपुर  महानगरपालिका  – ६ चोक बजारमा मनि ट्रान्सफर संचालनमा आएको छ । जुनसुकै देश बाट पठाएको पैसा झिक्न र नेपाल भरी पैसा पठाउने सेवा दिने उद्धेश्य सहित त्रिशक्ति मनि ट्रान्सफर चोकबजारमा संचालनमा आएको हो । त्रिशक्ति मनि ट्रान्सफरका संचालक संजिव ओझाका अनुसार मनि ट्रान्सफर संगै विल भुक्तानी र हवाई टिकट खरीद […]

युवराज न्यौपानेले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ २६ मंसिर । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्। उनले नेतृत्व परिवर्तनका पक्षमा आफू उभिएको पनि बताए। गतिशील नेतृत्व चयन गर्न आफूले उम्मेदवारी दिएको भए पनि शेखर कोइरालाको टिम गतिशील देखेर समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए। ‘मेरो एजेन्डा शेखर कोइराला […]

हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन् ,मलाई जिताइदिनु होला : देउवा

काठमाण्डौ २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ । आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो । सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो। उहाँले सभापतिमा हारेमा […]

कांग्रेस १४औँ महाधिवेशन: मनोनयनपत्र फिर्ता लिने समय थप

काठमाडौँ, २६ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ भने मतदान भोलि मङ्सिर २७ […]

जोमसोम–कोरला सडकको ६ खण्ड निर्माण सकियो

म्याग्दी, २६ मङ्सिर। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । आयोजनाका प्रमुख जगत् प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य छवटा प्याकेजको ७५ किलोमिटर […]

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

धनुषा, २६ मङ्सिर। राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो । प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त […]

मान्छे बोक्ने मान्छेहरू

पूर्वी नेपालको एक परिचित धार्मिक पर्यटकीय क्षेत्र हो पाथीभरा । नेपालकै दोस्रो र विश्वकै तेस्रो अग्लो हिमश्रृंखला कञ्चनजंघाको काखमा रहेको सुन्दर पाथीभरा क्षेत्रको चुचुरोमा पाथीभरा मन्दिर छ । मनले चिताएको पूरा गरिदिने विश्वास गरिने यो मन्दिर पुग्न सजिलो छैन । समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको मन्दिर पुग्न पहिले झापा पुग्नुपर्छ […]

आज नेपाल आइपुग्दै १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप

भरतपुर, २६ मंसिर । कोभ्याक्स सुविधाअन्तर्गत आज १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज आइतबार उक्त खोप आउने जानकारी दिए । नेपालमा गत शुक्रबार र बिहीबार गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ । सरकारले उक्त […]

वडाध्यक्ष कप फुटबलको उपाधी अभिषेक चर्च रजहरलाई

देवचुली, २६ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले जितेको छ । देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत सेन्ट्रल कलेज २८ बिगाहा र अभिषेक चर्च रजहरबीच भएको फाइनल खेलमा अभिषेक चर्च रजहर २-१ गोल […]

गजल मञ्चको आयोजनामा चितवनमा गजलवाचन

भरतपुर, २६ मंसिर । गजल मञ्च चितवनको आयोजनामा गजल वाचन कार्यक्रम ‘गजलसँग’ को सातौँ शृंखला सम्पन्न भएको छ । शनिबार नारायणगढमा आयोजित कार्यक्रममा चितवन र नवलपरासीका ५ जना गजलकारले गजल वाचन गरे । चितवन साहित्य परिषद्को सभाहलमा गजल सुन्न जम्मा भएको माहोललाई सम्बोधन गर्दै सुरुवातमा नवलपरासीकी गजलकार दिलु थापा मगरले गजल प्रस्तुत गरिन् । उनले […]