हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन् ,मलाई जिताइदिनु होला : देउवा

काठमाण्डौ २६ मंसिर ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो । सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो।

उहाँले सभापतिमा हारेमा आफूमाथि धेरै प्रश्न उठ्ने समेत बताउनु भएको छ । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’

यस्तै, उहाँले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट