भरतपुर, २६ मंसिर ।
भरतपुर महानगरपालिका – ६ चोक बजारमा मनि ट्रान्सफर संचालनमा आएको छ । जुनसुकै देश बाट पठाएको पैसा झिक्न र नेपाल भरी पैसा पठाउने सेवा दिने उद्धेश्य सहित त्रिशक्ति मनि ट्रान्सफर चोकबजारमा संचालनमा आएको हो । त्रिशक्ति मनि ट्रान्सफरका संचालक संजिव ओझाका अनुसार मनि ट्रान्सफर संगै विल भुक्तानी र हवाई टिकट खरीद सेवा सेमेत यहाँ बाट प्रदान गरिनेछ ।
त्रिशक्ति मनि ट्रान्सफर बैंकिङ क्षेत्र संग अनुभवी र अध्ययन गरेका व्यक्तिहरुबाट संचालन गरिएकाले छिटो, भरपर्दो र सुरक्षित तरिकाले कारोबार हुने मनि ट्रान्सफरका डाईरेक्टर रेश्म तिमल्सिनाले बताए । उनले हरेक हप्ता ‘लक्कि ड्र’ मार्फत आकर्षक पुरस्कारको व्यवस्था गरिएको समेत बताए । नेपालमा रहेका सबै रेमिन्टको सुविधा दिने गरि संचालनमा हुदैँ गरेको यस मनि ट्रान्सफरमा अहिले आईएमी, हिमाल रेमिट, जि।एम।इ रेमिटेन्स, वेस्टन युनियन लगायतका रेमिटको सेवा संचालनमा छ ।
चोकबजारको एन।आई।सी बैंक संगै रहेको यस त्रिशक्ति मनि ट्रान्सफरले विहान ८ बजे देखि साँझ ८ बजे सम्म शनिवार समेत सेवा प्रदान गर्नेछ ।





