युवराज न्यौपानेले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ २६ मंसिर ।

नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्।

उनले नेतृत्व परिवर्तनका पक्षमा आफू उभिएको पनि बताए। गतिशील नेतृत्व चयन गर्न आफूले उम्मेदवारी दिएको भए पनि शेखर कोइरालाको टिम गतिशील देखेर समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए।

‘मेरो एजेन्डा शेखर कोइराला टिमबाट सम्बोधन हुने देखिएकोले मैले उम्मेदवारी फिर्ता लिएँ। शेखर कोइरालालाई समर्थन गरेको छु,’ उम्मेदवारी फिर्तापछि पत्रकारहरूसँग उनले भने।

कांग्रेस सभापतिमा अब ५ जना उम्मेदवार हुने भएका छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट