आज नेपाल आइपुग्दै १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप

भरतपुर, २६ मंसिर ।
कोभ्याक्स सुविधाअन्तर्गत आज १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज आइतबार उक्त खोप आउने जानकारी दिए ।

नेपालमा गत शुक्रबार र बिहीबार गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ । सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट