कांग्रेसमा संस्थापन इतर समूहबाट शेखर र प्रकाशमानले सभापतिमा उम्मेद्वारी दिने

काठमाडौं, २३ मंसिर ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा संस्थापन इतर समुहबाट अन्ततः दुई जना नेताले नै सभापतिमा उम्मेद्वारी दिने भएका छन् । संस्थापन इतर समुहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति जुटाउन नसकेपछि सभापतिमा प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेद्वारी दिने भएका हुन् ।

इतर समुहबाट पौडेल आफै र महामन्त्री शशांक कोइराला भने यसअघि नै सभापतिको आकांक्षाबाट पछि हटेका थिए । तर शेखर र प्रकाशमानले भने अडान छाडेनन् ।

बिहीबार दिउँसो नै शेखर कोइरालाले ‘एक पटक यसै पटक’ भन्दै सभापतिका लागि प्रचार सुरु गरेका छन् । अबेरसम्म सहमतिको आशा राखेका प्रकाशमान सिंहले पनि बिहीबार राती ९ बजेपछि सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने निश्चित गरेका हुन् ।

सिंहले ‘नीति, निष्ठा र नेतृत्व’ नारा दिएर शनिबार बिहान उम्मेद्वारी घोषणा गर्ने पक्का गरेका हुन् । यससँगै नेपाली कांग्रेसमा कोइराला विरासत बोकेका शेखर र गणेशमानको विरासत बोकेका छोरा प्रकाशमान कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि एउटै पक्षबाट मैदानमा उत्रिने निश्चित भएको हो ।

संस्थापन पक्षबाट भने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै अर्को कार्यकालका लागि उम्मेद्वारी दिने तय छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट