वडाध्यक्ष कपमा नवरङ्गी युवा क्लब विजयी

देवचुली, १७ मंसिर ।
देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको बिहिबारको खेलमा नवरङ्गी युवा क्लब विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक नवरङ्गी युवा क्लब र जिएफसी गैंडाकोट बीच भएको खेलमा नवरङ्गी युवा क्लब १-० गोल अन्तरले विजयी भएको छ ।

खेलमा नवरङ्गी युवा क्लबका तर्फबाट अभिषेक गुरुङले गोल गरेका थिए । खेलमा नवरङ्गी युवा क्लबका अभिषेक गुरुङ उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार बरटाँडी युवा क्लब र सर्लाही १० बीच खेल हुने क्लबका सचिव डण्डापाणि न्यौपानेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट