वडाध्यक्ष कपमा बरटाँडी युवा क्लब विजयी

देवचुली, १७ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा बरटाँडी युवा क्लब विजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक बरटाँडी युवा क्लब र सर्लाही १० बीच भएको निर्धारित समयको खेलमा […]
देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण

देवचुली, १७ मंसिर । देवचुली नगरपालिका वडा नम्बर ५ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका- ५ बाट बिनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति १ किलोग्राम हर्लिक्स र १ क्रेट अण्डा वितरण गरिएको हो । बच्चाहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि पोषणको आवश्यकता हुने भएकाले सो […]
दोहोरी साँझहरूमा अनिवार्यरूपमा सेनिटरी प्याड राख्ने अभियान

भरतपुर, १७ मंसिर । चितवनका दोहोरी साँझहरुमा सेनिटरि प्याड तथा प्राथमिक उपचार सामग्री अनिवार्यरुपमा राख्ने अभियान सुरु भएको छ । महिलाका निम्ति महिला मञ्च नेपाल जिल्लास्तरीय पहिचान सञ्जालले अभियान सुरु गरेको हो । महिला मञ्चकी केन्द्रीय उपसंयोजक आयुष्मा केसीले हरेक दोहोरी साँझ तथा गजल साँझहरुमा अनिवार्य रुपमा महिनावारी व्यवस्थापन सामग्री राख्न सञ्चालकहरुलाई आग्रह गरिएको बताइन् […]
वडाध्यक्ष कपमा नवरङ्गी युवा क्लब विजयी
देवचुली, १७ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको बिहिबारको खेलमा नवरङ्गी युवा क्लब विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक नवरङ्गी युवा क्लब र जिएफसी गैंडाकोट बीच भएको […]
कक्षा–१२ को परीक्षाफल प्रकाशित, सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

भरतपुर, १७ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ । यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ […]
एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

भरतपुर, १७ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पदबहाली गर्ने भएका छन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीसँगै १९ जना पदाधिकारीले शुक्रवार पार्टी कार्यालयमा पदबहाली गर्ने तय भएको छ । मंसिर १० देखि १४ गतेसम्म […]
कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौँ, १७ मङ्सिर। नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । हाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ । ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, […]
वीरगञ्ज नाकामा उच्च सतर्कता

वीरगञ्ज, १७ मङ्सिर । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर […]
२०७८ मंसिर १७ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
आज बालाचतुर्दशी पर्व मनाइँदै
भरतपुर, १७ मंसिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका […]
राष्ट्रिय सम्मेलन तयारीमा माओवादी, २५ गतेभित्र प्रदेश सम्मेलन

भरतपुर, १७ मंसिर । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बतायो। ‘पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १ हजार ८ सयजति प्रतिनिधि सहभागी गराउने तयारी हो’,स्रोतले भन्यो । राष्ट्रिय सम्मेलनका लागि पार्टी […]
सामान्यदेखि पूर्ण बदलीसहित पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपात
भरतपुर, १७ मंसिर । अहिले देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो […]