एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

भरतपुर, १७ मंसिर ।
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पदबहाली गर्ने भएका छन् ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीसँगै १९ जना पदाधिकारीले शुक्रवार पार्टी कार्यालयमा पदबहाली गर्ने तय भएको छ ।

मंसिर १० देखि १४ गतेसम्म सम्पन्न महाधिवेशनबाट ओली भारी बहुमतका साथ विजयी भएका थिए । महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।

एमालेको केन्द्रीय सदस्यको संख्या बढेको तर कार्यालय सानो भएकोले केन्द्रीय कार्यालय सार्नेबारे एमालेले तयारी शुरू गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट