कोरोनाले मृत्यु भएका परिवारलाई गैंडाकोट नगरपालिकाले पचास हजार रुपैयाँ दिने

गैंडाकोट, १६ मंसिर ।
गैंडाकोट नगरपालिकाले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै मृतकका परिवारलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको हो ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीद्धारा जारी सुचनामा स्थायी ठेगाना गैंडाकोट भई नेपाल भित्र कोरोनाको कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायाता उपल्बध गराउने जनाइएको छ ।

आर्थिक सहायता दावी गनको लागि आवश्यक प्रमाणसहित सूचना प्रकाशन भएको मितिदेखि ७ दिनभित्र सम्पर्क राख्न अनुरोध गरिएको छ ।

आर्थिक सहायता दावी गर्न नजिकको अस्पतालले दिएको काभिड- १९ को कारण मृत्यु भएको प्रमाणपत्र , मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नजिकको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दावी गर्ने नजिकको नातेदारका खाताको प्रतिलिपि अनिवार्य पेश हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै सम्भव भएसम्म कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट