राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

भरतपुर, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ […]

चितवनसहित १६ जिल्लाको कांग्रेसका अधिवेशन महाधिवेशनपछि हुने

काठमाडौँ, १६ मंसिर । नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय हो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा […]

चौतारी : दर्शककै कथालाई नाट्य रुपान्तरण

भरतपुर, १६ मंसिर । चितवनमा पछिल्लोपटक नाटकका गतिविधि बढ्दै गइरहेको छ । यसैक्रममा पहिलोपटक ‘चौतारी नाटक’ मञ्चन भएको छ, जसलाई अंग्रेजीमा ‘प्लेब्याक थिएटर’ भनिन्छ । नारायणी कला मन्दिरले आयोजना गरेको १२ दिने कार्यशालाबाट उक्त नाटक तयार पारिएको हो । अञ्जान प्रदीपले नाटकका लागि प्रशिक्षण दिएका थिए । नाटक हेर्न हलमा आएका दर्शकहरूकै कथालाई तत्काल प्रस्तुत […]

एलजीको प्युरिकेयर ३६० डिग्री एयर प्युरिफायर नेपाली बजारमा

भरतपुर १६ मंसिर। सीजी इलेक्ट्रोनिक्सले एलजी प्युरिकेयर ३६०’ एयर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ। ३६०’ डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ। यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउने कम्पनीको दाबी छ। एयर […]

जोशीको `सम्झनाका पलहरू´मा चितवन वर्णन

भरतपुर, १६ मंसिर । स्रस्टा प्रभातकुमार जोशीको संस्मरण संग्रह ‘सम्झनाका पलहरू’ सार्वजनिक भएको छ । मंगलबार नारायणगढस्थित नारायणी कला मन्दिरमा लेखककी आमा दुर्गालक्ष्मी जोशी र माइजु कृष्णकुमारी पियाले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका हुन् । नारायणी कला मन्दिरका पूर्व अध्यक्ष जोशी लामो समयदेखि कला मन्दिरसँग निकट रहेर काम गर्दै आएका छन् । विमोचन कार्यक्रममा बोल्दै लेखक […]

‘आत्मविश्वास नै सफलताको कडी’

भरतपुर,१६ मंसिर । ब्रम्हकुमारी राजयोग उपसेवाकेन्द्र गैंडाकोटले सूर्यभक्त पतनादेवि मेमोरियल कलेज गैंडाकोटमा विद्यार्थीहरुका लागि उत्प्रेरणत्मक कार्यक्रम गरेको छ ।ब्रम्हकुमारी राजयोग नेपालका उत्प्रेरक रमन भट्टराईले आत्मविश्वास नै सफलताको कडी भएको बताए । विद्यार्थी जीवनमा देखिने सपनालाई हासिल गर्न मिहिनेत गर्नैपर्ने र त्यसका लागि दृढ आत्मविश्वास चाहिने बताए ।कोरोना महामारीले थलिएका हरेक क्षेत्रमा सफलता हासिल गर्न अब […]

कोरोनाले मृत्यु भएका परिवारलाई गैंडाकोट नगरपालिकाले पचास हजार रुपैयाँ दिने

गैंडाकोट, १६ मंसिर । गैंडाकोट नगरपालिकाले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै मृतकका परिवारलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीद्धारा जारी सुचनामा स्थायी ठेगाना गैंडाकोट भई नेपाल भित्र कोरोनाको कारण मृत्यु भएका […]

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं ,१६ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, […]

बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्याधीशलाई सत्ता गठबन्धनको सुझाव

काठमाडौँ, १६ मङ्सिर । सत्तारुढ पाँच दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलका शीर्ष नेताको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो । बैठकबारे […]

राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने रेखा थापाको घोषणा

भरतपुर, १६ मङ्सिर । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले महामन्त्रीको महिलातर्फ उम्मेदवारी घोषणा गरेकी हुन् । रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी हुन् । लिङ्देनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दा रेखा उनको पक्षमा खुलेकी थिइन् । राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको रेखाले बताइन् […]

भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा

भरतपुर, १६ मङ्सिर । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार […]

वडाध्यक्ष कपमा युनाइटेड क्लब गिरूवारी विजयी

देवचुली, १६ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको बुधबारको खेलमा युनाइटेड युवा क्लब गिरूवारी विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक शान्तीदीप युवा क्लब र युनाइटेड युवा क्लब […]

शुक्रबारदेखि आफू बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सकिने

भरतपुर, १६ मंसिर । निर्वाचन आयोगले भोलि शुक्रबारदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । बुधबार निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामायिक विषयको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा […]