शुक्रबारदेखि आफू बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सकिने

भरतपुर, १६ मंसिर ।
निर्वाचन आयोगले भोलि शुक्रबारदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

बुधबार निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामायिक विषयको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको जानकारी दिए ।

आगामी माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको समेत उनले बताए ।
यसैगरी अब उम्मेदवारी घोषणा गर्दा नै उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ । निर्वाचनको बेलाको हरेक सात/सात दिनमा आम्दानी र खर्च सार्वजनिक गर्नुपर्ने नियम पनि आयोगले बनाएको छ । र अनुगमनका लागि लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा भने खाता, सम्पत्ति विवरण लगायका कुराहरु स्वयं आयोगले नै हेर्ने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट