भरतपुर, १६ मङ्सिर ।
अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले महामन्त्रीको महिलातर्फ उम्मेदवारी घोषणा गरेकी हुन् ।
रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी हुन् । लिङ्देनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दा रेखा उनको पक्षमा खुलेकी थिइन् ।
राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको रेखाले बताइन् । उ
रेखासँगै महामन्त्रीका लागि कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेदवारी घोषणा गरेकी छन् । राप्रपा महाधिवेशन बुधबारबाट सुरु भएको हो । आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।





