अध्यक्ष ओली सहित एमाले केन्द्रीय कमिटी सदस्यहरुले लिए सपथ

सौराहा, १४ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले पनि सपथ लिएका छन् । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् ।

केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाएका हुन् । अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले सपथ खुवाएका थिए । केन्द्रीय कमिटीमा विजयी भएका भनिएका भीम रावलले भने सपथ लिएनन् । उनले आफूले सदस्यमा उम्मेदवारी नदिएको भन्दै सदस्यमा सपथ नलिएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल भने उठेनन् । अध्यक्षमा उम्मेदवार बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

रावलले २२३ मत ल्याएका थिए भने ओलीले १८३७ मत ल्याएर विजयी भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट