एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी

सौराहा, १४ मंसिर । एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट चितवनमा सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन […]
वडाध्यक्ष कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर विजयी
देवचुली, १४ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको चोरमारा युवा क्लब र अभिषेक चर्च रजहर बीच भएको […]
वडाध्यक्ष कप फुटबल प्रतियोगितामा भगवती एकता युवा क्लब विजयी
देवचुली, १४ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सोमबारको खेलमा भगवती एकता युवा क्लब विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदानमा संचालित प्रतियोगिताको भगवती एकता युवा क्लब र रजहर फुटबल क्लब बीच भएको खेलको […]
अध्यक्ष ओली सहित एमाले केन्द्रीय कमिटी सदस्यहरुले लिए सपथ

सौराहा, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले पनि सपथ लिएका छन् । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा […]
यस्तो बन्यो ओली टिम, जुन पहिल्यै हलमा प्रस्ताव गरिएको थियो

सौराहा, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा ओलीले आफ्ना प्रतिष्पर्धी रावललाई प्रस्ताव गरेका थिए । तर रावलले अस्वीकार गरेका थिए । त्यसबाहेकका सबै नेताहरु विजयी भएका छन् । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम […]
कांग्रेस चितवन सभापतिमा जोशीको उम्मेदवारी घोषणा

भरतपुर, १४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत चितवन जिल्ला सभापतिमा उत्तम जोशीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत वर्तमान जिल्ला सचिव रहेका जोशीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ सोच र शैलीबाट संगठन विस्तार र सवलीकरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएको जोशीले बताए । उनले आफ्नो उम्मेदवारीलाई चितवन […]
फराकिलो अन्तरसहित केपी ओली एमाले अध्यक्षमा निर्वाचित
सौराहा, १४ मंसिर । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट ओली फराकिलो मत अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अब पुनः एमालेको ५ वर्ष नेतृत्व गर्नेछन् । ओलीको चाहना सर्वसम्मत अध्यक्ष पदमा दोहोरिने थियो । यद्यपि उपाध्यक्षसमेत रहेका डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि […]
एमाले महाधिवेशन: ओली र रावलको प्रारम्भिक मत परिणाम सार्वजनिक, को अघि ?

सौराहा, १४ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । स्रोतका अुनसार प्रारम्भिक मत परिणाममा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली निकै अगाडी रहेको देखिन्छ । कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष ओलीले ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् । एमाले […]
कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

भरतपुर, १४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो । तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच […]
२०७८ मंसिर १४ गते मंगलबारको कायाकैरन दैनिक(E-paper)
एमाले महाधिवेशनमा मतदान चल्दै

सौराहा, १४ मंसिर । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया अन्तर्गत जारी मतदानमा हालसम्म ७०० जनाभन्दा बढीले मत खसालेका छन् । बिहान सवा ४ बजेबाट सुरु भएको मतदानमा ६ बजेसम्म ७०० मतदाताले भोट खसालेका हुन् । एकपटकमा ६९ जनाले मत खसाल्ने व्यवस्था मिलाइएको छ । अध्यक्षका उमेदवार केपी शर्मा ओली, भीम रावललगायतले […]
मेस्सीले जिते सातौँ बालोन डोर

भरतपुर, १४ मंसिर । पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले सातौं बालोन डोर अवार्ड जितेका छन् । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र चेल्सीका जोर्गिन्होलाई पछि पार्दै सन् २०२१ को बालोन डोर अवार्ड जितेका हुन् । मेस्सीले यसवर्ष पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि जिताएका थिए । यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी सातौ बालोन डोर अवार्ड जित्न […]