एमाले महाधिवेशनमा मतदान चल्दै

सौराहा, १४ मंसिर ।
चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया अन्तर्गत जारी मतदानमा हालसम्म ७०० जनाभन्दा बढीले मत खसालेका छन् ।

बिहान सवा ४ बजेबाट सुरु भएको मतदानमा ६ बजेसम्म ७०० मतदाताले भोट खसालेका हुन् । एकपटकमा ६९ जनाले मत खसाल्ने व्यवस्था मिलाइएको छ ।

अध्यक्षका उमेदवार केपी शर्मा ओली, भीम रावललगायतले मतदान गरिसकेका छन् ।

सर्वसम्मतीको प्रयास असफल भएपछि नेतृत्त्व चयनका लागि मतदान भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट