एमाले महाधिवेशन: ओली र रावलको प्रारम्भिक मत परिणाम सार्वजनिक, को अघि ?

सौराहा, १४ मंसिर ।
नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
स्रोतका अुनसार प्रारम्भिक मत परिणाममा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली निकै अगाडी रहेको देखिन्छ । कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष ओलीले ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् ।

एमाले महाधिवेशनमा मतदानमा २ हजार ७९ मत खसेको थियो । केहिबेरमा अन्तिम नतिजा आउनेछ ।

पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल नेतृत्व प्रतिस्पर्धामा छन् । त्यसैगरी ६ सिट रहेको उपाध्यक्षको चुनावी मैदानमा घनश्याम भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उत्रिएका छन् । भीम आचार्य र टंक कार्कीले उम्मेदवार दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट