फराकिलो अन्तरसहित केपी ओली एमाले अध्यक्षमा निर्वाचित

सौराहा, १४ मंसिर ।
नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट ओली फराकिलो मत अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले अब पुनः एमालेको ५ वर्ष नेतृत्व गर्नेछन् । ओलीको चाहना सर्वसम्मत अध्यक्ष पदमा दोहोरिने थियो । यद्यपि उपाध्यक्षसमेत रहेका डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि उनको चाहनामा ब्रेक लागेको थियो । आइतबार हुने भनिएको मतदान आज मात्रै भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए । अध्यक्षमा ओली भारी मत अन्तरले निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत कमल पाठकका अनुसार ओलीले निर्वाचनमा १८३७ मत ल्याएका छन् भने भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।  यस्तै ३६ भोट भने खाली भएको बताइएको छ । निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका रावलले आफू अध्यक्षबाहेक अरु कुनै पदमा शपथ नलिने बताइसकेका छन् । ओलीले बन्दसत्रको दोस्रो दिन मध्यराति सर्वसम्मतिका लागि केन्द्रीय पदाधिकारी र सदस्यको नाम पढेर सुनाएका थिए । यद्यपि रावलसहित अरू तीन जना सदस्यको पदाधिकारीमा उम्मेदवारी परेपछि आज मतदान भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट