सौराहा, १२ मंसिर ।
नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । केहीबेरअघि मात्रै ओली बन्दसत्र सुरु हुन लागेको होटल पार्क सफारीमा पुगेका हुन् ।
चर्को भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् । ओली प्रवेश गरेसँगै अब केही बेरमा बन्द सत्र सुरु हुनेछ ।
गएराती १० बजे स्थगित गरिएको बन्द सत्र झण्डै २४ घण्टापछि फेरि सुरु हुन लागेको हो ।
एमाले नेता विष्णु पौडेलले सबै पदाधिकारीमा शतप्रतिशत सहमति भइसकेको बताएका छन् ।





