रावलसँग वार्ता गर्दै ओली

सौराहा, १२ मंसिर । अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलले उम्मेदवारी फिर्ता लिन नमानेपछि अन्ततः केपी शर्मा ओली र नेता रावलबीच सहमतिका लागि वार्ता सुरु भएको छ । एमालेको दशौँ महाधिवेशनको बन्दसत्रस्थल होटल सेभेनस्टारमा दुई नेताबीच एकापसमा वार्ता सुरु भएको हो । नेकपा एमालेको नयाँ नेतृत्व सर्वसम्मत गराउने प्रयासस्वरुप ओलीले रावलसँग अहिले वार्ता गरिरहेका छन् […]
बन्दसत्रमा पुगे ओली

सौराहा, १२ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । केहीबेरअघि मात्रै ओली बन्दसत्र सुरु हुन लागेको होटल पार्क सफारीमा पुगेका हुन् । चर्को भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् । ओली प्रवेश गरेसँगै अब केही बेरमा बन्द सत्र सुरु हुनेछ । गएराती १० […]
काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि

भरतपुर, १२ मंसिर । नेपाली काँग्रेस चितवनको अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ । पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ । नेपाली काँग्रेस चितवन कार्यसमितिको आइतवार बसेको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए । मङ्सिर १५ देखि १७ […]
एमालेको अन्तिम बन्द सत्र शुरु, नाम पढ्न बाँकी

सौराहा, १२ मंसिर । नेकपा (एमाले)को दशौं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । महाधिवेशन टुंगिन लाग्दै गर्दा अन्तिम बन्द सत्र शुरु भएको छ । राति ८ बजेपछि बन्द सत्र शुरु भएको भए पनि अध्यक्ष केपी शर्मा ओली भने बन्द सत्रको हलभित्र पुगेका छैनन् । अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । अध्यक्षमण्डलको बैठक सकिएपछि बन्द सत्र […]
प्रेसिडेन्सी कलेजमा एकाउन्टीङ स्ट्याण्डर्ड सम्बन्धी तालिम

भरतपुर,१२ मंसिर । प्रेसिडेन्सी कलेजमा एकाउन्टीङ स्ट्याण्डर्ड सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेस भरतपुरमा शनिबार चितवन र नवलपरासी जिल्लामा कार्यरत एकाउन्ट बिषयका प्राध्यापकहरुलाई १ दिने एनएफआरएस/आईएफआरएस र कम्प्युटराईज्ड एकाउन्टीङ सम्बन्धी तालिम दिइएको हो । कक्षा ११ र १२ को एकाउन्ट बिषयको परिर्वर्तित पाठ्यक्रममा आधारित रहेर तालिम आयोजना गरिएको हो । […]
आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस

भरतपुर, १२ मङ्सिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन् । निर्वाचन पराजित भएको जनाउँदै कतिपयले चोकचौराहामा गालीगलौजमा […]
एमाले महाधिवेशन : केन्द्रीय कमिटीको नामावली ताली बजाएर अनुमोदन गर्ने तयारी

सौराहा, १२ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय कमिटीको अन्तिम नामावली आइतबार साँझ १० औँ महाधिवेशनको बन्दसत्रमा पेश गरी ताली बजाएर अनुमोदन गर्ने तयारी गरिएको छ । अध्यक्षमा दाबेदारी पेश गरेका उपाध्यक्ष भीम रावललाई आफ्नो मत राख्ने मौका नदिएरै ओलीले पढेको नामावली अनुमोदनको तयारी गरिएको एक नेताले जानकारी दिए । […]
एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली

भरतपुर, १२ मङ्सिर । नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन । प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरिसकेका छन् भने पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता आवासका […]
चितवनको राप्तीमा आगलागीमा परेर दुई बालकको मृत्यु

भरतपुर, १२ मङ्सिर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]
नेपाली महिला टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त

भरतपुर, १२ मंसिर । नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टी-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको हो । यूएई अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टी-२० ग्लोबल छनोटमा पुगेको छ । यूएई […]
२०७८ मंसिर १२ गते आइतबारको कायाकैरन दैनिक(E-paper)
ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै

भरतपुर, १२ मंसिर । नेकपा (एमाले)को चितवनमा जारी १०औँ महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र बिहान १० बजे पछि शुुरू हुँदैछ । नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्ताव गर्नेछन् । अहिलेसम्म ओलीले पदाधिकारीको सूची बनाए पनि सार्वजनिक भने गरेका छैनन् । यद्यपी ओलीलाई गरिएको अधिकारको प्रस्तावमै विरोध छ । नेता […]
माओवादी पालिका अधिवेशन: चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व

भरतपुर, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकासहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो । कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ । जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा […]
कोरोनाको नयाँ भेरियन्ट आएपछि सीसीएमसीसीको बैठक बस्दै

भरतपुर, १२ मंसिर । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइँदैछ । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले आवश्यक निर्णय गर्ने भएको छ । जसमा सीमा नाकामा कडाइदेखि सुरक्षित हवाई उडानका विषयमा निर्णय लिइने जनाइएको छ । सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आइतबार […]