एमालेको अन्तिम बन्द सत्र शुरु, नाम पढ्न बाँकी

सौराहा, १२ मंसिर ।
नेकपा (एमाले)को दशौं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । महाधिवेशन टुंगिन लाग्दै गर्दा अन्तिम बन्द सत्र शुरु भएको छ ।
राति ८ बजेपछि बन्द सत्र शुरु भएको भए पनि अध्यक्ष केपी शर्मा ओली भने बन्द सत्रको हलभित्र पुगेका छैनन् । अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । अध्यक्षमण्डलको बैठक सकिएपछि बन्द सत्र संचालन हुनेछ ।

यो बन्द सत्रले १०औं महाधिवेशनबाट कार्यसमितिमा आउनेको नाम पढेर थपडी बजाएर अनुमोदन गर्ने कार्यक्रम छ । यो जिम्मा अध्यक्ष ओलीले पाएका छन् ।
स्रोतका अनुसार उनले आफ्नो नाम वाचन गरेर आफूलाई अध्यक्ष घोषित गर्नेछन् । त्यस्तै अन्य पदाधिकारी र सदस्यहरुको नाम पनि उनले पढेर सुनाउने छन् ।

आज दिनभर नै टीका लगाएर दिने पदहरुको बारेमा पटकपटक गोप्य छलफल भएको थियो । केन्द्रीय समितिको सूची पदाधिकारीमा नाम भएकाहरुले तयार गरेका थिए । ओलीले ती नामलाई पनि अन्तिम टच दिएका छन् ।

यता अध्यक्षमा लड्ने घोषणा गरेका डा. भीमबहादुर रावलले दिनभर नै बन्दसत्र स्थल छाडेका छैनन् । उनी आफूमात्र भए पनि अध्यक्षमा लड्ने भने पनि उनको स्वरलाई दबाइएको छ । तर उनले अडान छाडेका छैनन् ।

उनले लोकतान्त्रिक विधिबाट चुनाव हुनुपर्नेमा जोड दिँदै आएका छन् । शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेशन आजै राति सकिँदैछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट