प्रेसिडेन्सी कलेजमा एकाउन्टीङ स्ट्याण्डर्ड सम्बन्धी तालिम

भरतपुर,१२ मंसिर ।
प्रेसिडेन्सी कलेजमा एकाउन्टीङ स्ट्याण्डर्ड सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेस भरतपुरमा शनिबार चितवन र नवलपरासी जिल्लामा कार्यरत एकाउन्ट बिषयका प्राध्यापकहरुलाई १ दिने एनएफआरएस/आईएफआरएस र कम्प्युटराईज्ड एकाउन्टीङ सम्बन्धी तालिम दिइएको हो ।

कक्षा ११ र १२ को एकाउन्ट बिषयको परिर्वर्तित पाठ्यक्रममा आधारित रहेर तालिम आयोजना गरिएको हो । सो तालिममा सिए भिमन कार्कीले एनएफआरएस/आईएफआरएसमा र भरत कपालीले कम्प्युटराईज्ड एकाउन्टीङमा प्रशिक्षण दिएका थिए ।

चितवन र नवलपरासीका ३५ वटा विभिन्न विद्यालय/ क्याम्पसबाट ४२ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

कलेजले शिक्षक/प्राध्यापकहरुको क्षमता अभिबृद्घि सम्बन्धि यस किसिमका कार्यक्रम निरन्तर संचालन गर्दै आएको कलेजका अनुसन्धान कार्यक्रम संयोजक डोलेन्द्र पौडेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट