ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै

भरतपुर, १२ मंसिर ।
नेकपा (एमाले)को चितवनमा जारी १०औँ महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र बिहान १० बजे पछि शुुरू हुँदैछ । नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्ताव गर्नेछन् । अहिलेसम्म ओलीले पदाधिकारीको सूची बनाए पनि सार्वजनिक भने गरेका छैनन् ।

यद्यपी ओलीलाई गरिएको अधिकारको प्रस्तावमै विरोध छ । नेता भीम रावल, घनश्याम भुसाललगायतले नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकार व्यक्तिलाई दिनु अनुचित भन्दै विरोध गरेका छन् । यता आफ्नै समूहका धेरै नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा छन् ।

ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने एक नेताले बताए । ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलगायतका नेताले सघाइरहेका छन् । एमालेले आइतबार नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट