कोरोनाको नयाँ भेरियन्ट आएपछि सीसीएमसीसीको बैठक बस्दै

भरतपुर, १२ मंसिर ।
दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइँदैछ । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले आवश्यक निर्णय गर्ने भएको छ ।
जसमा सीमा नाकामा कडाइदेखि सुरक्षित हवाई उडानका विषयमा निर्णय लिइने जनाइएको छ ।

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आइतबार बिहान कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट