एमाले महाधिवेशन : केन्द्रीय कमिटीको नामावली ताली बजाएर अनुमोदन गर्ने तयारी

सौराहा, १२ मंसिर ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय कमिटीको अन्तिम नामावली आइतबार साँझ १० औँ महाधिवेशनको बन्दसत्रमा पेश गरी ताली बजाएर अनुमोदन गर्ने तयारी गरिएको छ ।

अध्यक्षमा दाबेदारी पेश गरेका उपाध्यक्ष भीम रावललाई आफ्नो मत राख्ने मौका नदिएरै ओलीले पढेको नामावली अनुमोदनको तयारी गरिएको एक नेताले जानकारी दिए ।

तयार पारिएको सूचीमा रावल र घनश्याम भुसाललाई पदाधिकारीमा नसमेटिएको पनि बुझिएको छ ।

बन्दसत्र अहिले साँझ ७ः०० बजे सुरु हुनेछ । आज बिहान १० बजेका लागि निर्धारित बन्दसत्र साँझ ७ः०० बजेका लागि सरेको हो ।

पदाधिकारीसहित ३२० सदस्यीय केन्द्रीय कमिटीमा सहमतिका लागि एमाले अध्यक्ष ओली दिनभरजसो नेताहरुसँगको छलफलमा व्यस्त रहे । पदाधिकारी छनौटको विषयमा सहमति जुट्न नसक्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको हो ।

शनिबारको बन्दसत्रबाट अध्यक्ष ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा दिइएको थियो । तर त्यसप्रति अध्यक्षमा दाबेदारी पेश गरेका नेता भीम रावल र उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए ।

रावल र भुसालले सहमतिका नाममा निरंकुशता लाद्न खोजे स्वीकार्य नहुने बताउँदै आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट