एमाले महाधिवेशनको बन्दसत्र सुरु

भरतपुर, ११ मंसिर ।
नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र झण्डै ५ घण्टा ढिलो गरी शुरू भएको छ । शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दसत्र ढिलो शुरू भएको हो ।

अहिले विदेशी प्रतिनिधिहरूले सम्बोधन गरिरहेका छन् । त्यसपछि विधान संशोधन प्रस्ताव पेश गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुने बताइएको छ ।

सहमतिको प्रयास स्वरुप शुक्रवार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाउने तथा नयाँ निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ३०१ पुर्‍याउने निर्णय गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट