एमाले बन्दसत्रमा ओलीले आइतबार नेतृत्वको नामावली पेस गर्ने

सौराहा, ११ मंसिर । नेकपा (एमाले)को जारी १०औं महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्र विरोधका बीच टुंगिएको छ । आइतबार बिहान बन्दसत्र नियमित सञ्चालन हुने गरी बन्दसत्र अन्त्य भएको हो । बन्दसत्रले केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए । प्रस्तावअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली […]

आइतबारका लागि सर्‍यो उम्मेदवारी दर्ता

सौराहा, ११ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्धारित उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ । महाधिवेशनको दोस्रो दिन आज आगामी पाँच वर्षको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम राखिएको थियो । बिहीबार चितवन आएदेखि नै सहमतिको प्रयास गरेका अध्यक्ष केपी शर्मा ओलीले आज समेत दिनभर जोरबल गरेता पनि […]

प्रथम गैँडाकोट नगर अधिवेशन : पार्टीलाई व्यवस्थित गर्न सकेनौँ : प्रचण्ड

गैँडाकोट, ११ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको प्रक्रियालाई सफल पार्ने कोशिसमा आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकेको बताएका छन् । शनिबार देशभर एकसाथ सुरु भएको पालिका अधिवेशनलाई सम्वोधन गर्दै दाहालले कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन पार्टी एकता गरेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक निकायलाई दुरुपयोग गरेर पार्टी विभाजन गरेको आरोप […]

कोरोनाको नयाँ भेरियन्टको असर : बेलायतले गर्‍यो ६ देशको उडान बन्द

भरतपुर, ११ मंसिर । बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिए । ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस […]

एमाले महाधिवेशनको बन्दसत्र सुरु

भरतपुर, ११ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र झण्डै ५ घण्टा ढिलो गरी शुरू भएको छ । शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दसत्र ढिलो शुरू भएको हो । अहिले विदेशी प्रतिनिधिहरूले सम्बोधन गरिरहेका छन् । त्यसपछि विधान संशोधन प्रस्ताव पेश गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुने बताइएको छ । […]

नेपाल प्रहरीमा २ हजार ३२० जनाका लागि जागिर खुल्यो

भरतपुर, ११ मंसिर । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी […]

एमाले महाधिवेशनमा बन्दसत्रका लागि ८ बुँदे आचारसंहिता

भरतपुर, ११ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले बताए । आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने उल्लेख छ । प्रचारप्रसारका लागि ४ इन्चसम्मको प्रचार सामग्री तयार […]

विश्वकप छनोटको प्लेअफमा इटाली र पोर्चुगल एकै समूहमा, एक टिमले मात्र विश्वकप खेल्न पाउने

भरतपुर, ११ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ । शुक्रबार भएको समूह विभाजनमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन् । प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् । यससँगै अब इटाली र पोर्चुगलमध्ये एक देशले मात्र कतार विश्वकप […]

एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट

भरतपुर, ११ मंसिर । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज (शनिबार)बाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार नारायणगढको नारायणी नदी किनारमा भएकाेमा बन्दसत्र आज सौराहामा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन […]

७५३ वटै स्थानीय तहमा आज माओवादीको सम्मेलन, दाहालले उद्घाटन गर्ने

भरतपुर, ११ मंसिर । सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो । माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज […]

एमालेले बढायाे पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या

भरतपुर, ११ मंसिर । नेकपा एमालेले पार्टी पदाधिकारी (सचिवालय) र केन्द्रीय सदस्यकाे संख्या बढाएकाे छ । शुक्रबार राति अवेर सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या थप्ने निर्णय गरेकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय पदाधिकारी र सदस्यको संख्या थप्न राखेकाे प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको एमाले […]