विश्वकप छनोटको प्लेअफमा इटाली र पोर्चुगल एकै समूहमा, एक टिमले मात्र विश्वकप खेल्न पाउने

भरतपुर, ११ मंसिर ।
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ । शुक्रबार भएको समूह विभाजनमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन् ।

प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह ‘सी’ रहेका छन् । यससँगै अब इटाली र पोर्चुगलमध्ये एक देशले मात्र कतार विश्वकप खेल्ने छ ।

प्लेअफको समूह सीमा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । यस्तै पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिमले समूहको फाइनलमा खेल्नेछन् । विजेताले विश्वकपका लागि कतारको टिकट काट्ने छ ।

प्लेअफको समूह ‘ए’ मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छ भने समूह ‘बी’ मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेको छ । विश्वकपका लागि युरोपबाट १० टिम छनोट भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट