एमालेले बढायाे पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या

भरतपुर, ११ मंसिर ।
नेकपा एमालेले पार्टी पदाधिकारी (सचिवालय) र केन्द्रीय सदस्यकाे संख्या बढाएकाे छ ।

शुक्रबार राति अवेर सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या थप्ने निर्णय गरेकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय पदाधिकारी र सदस्यको संख्या थप्न राखेकाे प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

जसअनुसार अब एमालेमा ४ जना पदाधिकारी थपिने छन् भने ७५ जना केन्द्रीय सदस्य थपिनेछन् । याेसँगै नेकपा एमालेमा पदाधिकारीकाे संख्या १९ हुनेछ । एमालेमा अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ सहित १९ जना पदाधिकारी रहनेछन् ।

केन्द्रीय कमिटी अब ३ सय १ सदस्यीय हुनेछ । हाल केन्द्रीय कमिटी २ सय २५ सदस्यीय छ । बैठकले पाेलिटब्यूराे ९९ सदस्यीय रहने निर्णय गरेकाे छ । स्थायी कमिटी भने ४५ सदस्यीय नै कायम छ । एमालेले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग २५ सदस्यीय रहने पनि निर्णय गरेकाे छ ।

बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेकाे तामाङले जानकारी दिए । यी सबै निर्णय आजकाे बन्दसत्रमा पेस गरिनेछ । बन्दसत्रले अनुमाेदन गरेपछि निर्णय लागू हुनेछन् । पदाधिकारी र केन्द्रीय सदस्यकाे संख्या बढाउने निर्णयसँगै एमालेकाे विधान पनि संशाेधन हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट