एमाले महाधिवेशनमा बन्दसत्रका लागि ८ बुँदे आचारसंहिता

भरतपुर, ११ मंसिर ।
नेकपा एमालेको चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले बताए ।

आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने उल्लेख छ ।

प्रचारप्रसारका लागि ४ इन्चसम्मको प्रचार सामग्री तयार गर्न पाइने जनाइएको छ । बन्दसत्र अवधिमा कसैले छुट्टै भेला गर्नसमेत बन्देज लगाइएको छ ।

त्यस्तै भोजभतेर गर्न नदिने र मादक पदर्थ सेवन गरेर प्रचार गर्न नपाइने भएको छ । समूहगत रुपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट