नेपाली कांग्रेस महाधिवेशन : मंसिर १० गते उम्मेदवारी दर्ता, ११ मा मतदान

भरतपुर, ६ मंसिर ।
नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन एक दिन पछि सरेको छ । मंसिर १० गते मतदान हुने भनिएकोमा ११ गते मात्रै नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । जसका लागि मंसिर १० गते उम्मेद्वारी मनोनयन पत्र दर्ताको तालिका बनाईएको छ ।

कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जिल्लाको सबै परिस्थितिलाई बुझेर विविध कारणबस मतदानको समय एक दिन पछि सारिएको जानकारी दिए ।

यस्तै जिल्ला अधिवेशनको स्थान पनि परिवर्तन गरिएको छ । यसअघि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्ने भनिएकोमा अब भरतपुर–४ यज्ञपुरीस्थित संगोल पार्टी प्यालेसमा हुने सभापति श्रेष्ठले जानकारी दिए । कांग्रेसको १४औं महाधिवेशन अन्तरगत मंसिर १० गते देशभर एक साथ जिल्ला अधिवेशन हुँदैछ ।

कांग्रेसको वडा अधिवेशन, प्रदेश अधिवेशन सकिएको छ भने क्षेत्रीय अधिवेशनको मतदान सकिएर गणना सुरु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट