१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, ६ मंसिर । रासस
नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले ११ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट