मनमोहन बालग्रामलाई शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान

भरतपुर, १३ कात्तिक ।
माडीस्थित मनमोहन बालग्रामका विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्यसामग्री वितरण गरिएको छ ।

`माडी माइतीघर´को आयोजनामा माडी नगरपालिका- ६ लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामका चेपाङ समुदायका ४८ जना विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्यसामग्री उपलब्ध गराइएको हो । विद्यार्थीको पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले कापी, कलम, सिसाकलम, इरेजर, सापनर सँगसँगै साबुन, सिटामोल, जीवनजल, मास्क, स्यानीटाइजरलगायतका सामग्री उपलब्ध गराइएको माडी माइतीघरकी अध्यक्ष बिष्णु तिवारीले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले माइतीघर माडी भएका तर अहिले देशका विभिन्न ठाउँमा पुगेका दिदीबहिनीले आफ्नो माइतीघरलाई सम्झेर यहाँका भाइबहिनीलाई शैक्षिक तथा स्वास्थ्यसामग्री उपलब्ध गराएर प्रसंशनीय काम गरेको बताइन् ।

माइतीघरलाई शैक्षिक तथा स्वास्थ्यसामग्री जुटाउन अक्सफोर्ड कलेज गैंडाकोट र मनकामना अस्पताल भरतपुरले पनि सहयोग गरेको थियो ।

कार्यक्रममा अक्सफोर्ड कलेजका तर्फबाट कृष्णहरि पौडेल, मनमोहन बालग्रामका अध्यक्ष टंक आचार्य, मनकामना अस्पतालकी संचालक कविता खतिवडा, दीलिप घिमिरे, केशव चापागाईं, सामाजिक व्यक्तित्व टीकाराम पौडेल साथै माडी माइतीघरका तर्फबाट सचिव मनरुपा पौडेल, कोषाध्यक्ष दुर्गा लामिछाने, सल्लाहकार ईश्वरा तिवारी, देवि बराल शर्मा, लक्ष्मी ढकाल, भीमा भुसाल, बालकुमारी रानाभाटलगायतको सहभागिता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट