मनमोहन बालग्रामलाई शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान

भरतपुर, १३ कात्तिक । माडीस्थित मनमोहन बालग्रामका विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्यसामग्री वितरण गरिएको छ । `माडी माइतीघर´को आयोजनामा माडी नगरपालिका- ६ लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामका चेपाङ समुदायका ४८ जना विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्यसामग्री उपलब्ध गराइएको हो । विद्यार्थीको पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले कापी, कलम, सिसाकलम, इरेजर, सापनर सँगसँगै साबुन, सिटामोल, जीवनजल, मास्क, स्यानीटाइजरलगायतका सामग्री उपलब्ध […]
राप्तीमा नि:शुल्क आँखा शिविर सम्पन्न

राप्ती, १३ कात्तिक । राप्ती नगरपालिका वडा नम्बर- २ स्थित गडयौली भिलेजले नि:शुल्क आँखा शिविरको आयोजना गरेको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवनको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रम नेपाल कोरिया विज्डम स्कुलमा सम्पन्न भएको हो । शिविरमा २८६ जनाले सेवा लिएका थिए भने ९ जनाको शल्यक्रिया गर्नु पर्ने जानकारी गडयौली भिलेजका […]
देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौँ, १३ कात्तिक । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका […]
पृथ्वी राजमार्ग आसपासका रूख काट्न थालियो

दमौली, १३ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय […]
प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ: मुख्यमन्त्री पाण्डे

भरतपुर, १३ कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उहाँले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गर्नुभयो । सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले […]
प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

भीष्मराज ओझा लण्डन, १३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो । द्विपक्षीय सम्बन्धका जानकार बेलायती […]
तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौं,१३ कात्तिक। मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […]
शाहरुखका छोरा आर्यन जमानतमा छुट्दै

एजेन्सी । झण्डै ४ सातापछि बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईकाे हिरासतबाट रिहा हुँदैछन् । उनलाई केहीबेरमा जेलमुक्त गर्न लागिएको छ । बिहीबार २३ वर्षका आर्यन खानलाई मुम्बई उच्च अदालतले जमानत थियो । एक क्रुजमा भएको ड्रग्स मुद्दामा हिरासतमा रहेका आर्यन खानलाई शुक्रबारकाे रातसम्म हिरासतमा बिताउन पर्ने थियो । समाचार संस्था पिटिआईका अनुसार […]
कतार विज्ञ प्रोफेसर मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक आउँदै

भरतपुर, १३ कात्तिक । लगातार १५ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक आउने भएको छ । मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।पुस्तकको लोकार्पण समारोह यहि आउँदो कात्तिक १५ गते सोमबार काठमाडौँमा हुनेछ । पुस्तकमा कतारमा रहेका नेपालीको इतिहास, नेपाली […]
नेकपा एमाले अध्यक्ष ओली अयोध्याधाम आउँदै

भरतपुर, १३ कात्तिक । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अयोध्याधामको स्थलगत अवलोकनका लागि माडी पुग्ने भएका छन् । यहि कात्तिक १५ गते साेमबार आयोजित नेकपा एमाले भरतपुर महानगर कमिटीको महाधिवेशनको उद्घाटनका लागि चितवन आउन लागेका अध्यक्ष ओली कात्तिक १६ गते माडी जाने कार्यक्रम रहेकोे छ । कात्तिक १६ गते बिहान ११ […]