राप्तीमा नि:शुल्क आँखा शिविर सम्पन्न

राप्ती, १३ कात्तिक ।
राप्ती नगरपालिका वडा नम्बर- २ स्थित गडयौली भिलेजले नि:शुल्क आँखा शिविरको आयोजना गरेको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल चितवनको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रम नेपाल कोरिया विज्डम स्कुलमा सम्पन्न भएको हो ।

शिविरमा २८६ जनाले सेवा लिएका थिए भने ९ जनाको शल्यक्रिया गर्नु पर्ने जानकारी गडयौली भिलेजका अध्यक्ष गणेश लामाले जानकारी दिए ।

गडयौली भिलेजका अध्यक्ष गणेश लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर- ४ का अध्यक्ष शमशेर लामा प्रमुख अतिथि रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट