प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

भीष्मराज ओझा

लण्डन, १३ कात्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो । द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिनुभएको थियो । उहाँहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ ।

प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गर्नुभएको सचिव पौड्यालले बताउनुभयो ।

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन ९कोप–२६०मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा रहनुभयो ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट