नेकपा एमाले अध्यक्ष ओली अयोध्याधाम आउँदै

भरतपुर, १३ कात्तिक ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अयोध्याधामको स्थलगत अवलोकनका लागि माडी पुग्ने भएका छन् ।

यहि कात्तिक १५ गते साेमबार आयोजित नेकपा एमाले भरतपुर महानगर कमिटीको महाधिवेशनको उद्घाटनका लागि चितवन आउन लागेका अध्यक्ष ओली कात्तिक १६ गते माडी जाने कार्यक्रम रहेकोे छ । कात्तिक १६ गते बिहान ११ बजे माडीको अयोध्याधामलगायतका क्षेत्रमा सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री ओलीले रामको जन्मस्थानका रुपमा माडीको अयोध्यालाई चिनाउँदै राममन्दिर निर्माणको अभियान थालेका हुन् । त्यसैक्रममा राम, सीता, लक्ष्मण र हनुमानका पूर्णकदका प्रस्तर मुर्तीहरु ल्याई प्रतिस्थापन समेत भइसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट