एजेन्सी ।
झण्डै ४ सातापछि बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईकाे हिरासतबाट रिहा हुँदैछन् । उनलाई केहीबेरमा जेलमुक्त गर्न लागिएको छ ।
बिहीबार २३ वर्षका आर्यन खानलाई मुम्बई उच्च अदालतले जमानत थियो । एक क्रुजमा भएको ड्रग्स मुद्दामा हिरासतमा रहेका आर्यन खानलाई शुक्रबारकाे रातसम्म हिरासतमा बिताउन पर्ने थियो ।
समाचार संस्था पिटिआईका अनुसार आर्यन शनिबार १० बजेसम्म जेल बाहिर निस्किसक्नेछन् । जमानतसँग जोडिएको कागजपत्र सम्बन्धी कामहरु समयमा नै नहुँदा आर्यनको रिहाईमा ढिला भएको थियो । शुक्रबार साँझ साढे ५ बजेसम्म आर्यन खानका वकिलले रिहाइको कागजपत्र लिन नपाएको कारण आर्यन खान शनिबार रिहाई हुँदै छन् ।
छोरा रिहाई हुने भएपछि साहरुख खान उनलाई लिन घरबाट हिँडिसकेका छन् । उनको घर मन्नतबाट आर्थर सडक जेलतर्फ उनी निस्किसकेका छन् ।
आर्यन खानका तर्फबाट मुकुल रोहतगीले मुद्दा लडेका थिए । रोहतगी मोदी सरकारको समयमा न्यायाधिवक्ताका रुपमा काम गरेका वकिल हुन् । जुही चावलाले एक लाख रुपैयाँको ‘बेल ब्राण्ड’ मा हस्ताक्षर गरेकी थिइन् । जुही शाहरुख खानको सुरुवाती चलचित्रकी सह कलाकार हुन् ।
आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल व्यूरो अर्थात एनसिबीले २ अक्टोबरमा एक क्रुज शिपमा भईरहेको पार्टीबाट गिरफ्तार गरेका थिए । यो घटनामा आर्यन सहित अन्य २० जनालाई नियन्त्रणमा लिइएको थियो ।
यो मुद्दामा आर्यन मुख्य अभियुक्त हुन् । एनसिबीले आर्यन खानको साथबाट ड्रग्स बरामत गरेको थिएन भने आर्यन खानले ड्रग्स सेवन गरेको पनि अनुसन्धानमा पत्ता लागेको थिएन । तर उनको ह्वाट्सएप च्याटले उनी ड्रग्स तस्करीको हिस्सा रहेको जनाएको थियो ।





