चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी

भरतपुर, ७ कात्तिक ।
महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।

यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मतगणनामा राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार रायले २ सय ६८ मत ल्याउँदा चौधरी २ सय ६६ मत मात्रै ल्याए ।

०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो । जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका राय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । तर उच्च अदालतको आदेशपछि पनि अरुणकुमार चौधरी सर्वोच्चसम्म पुगे । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको फैसलालाई सदर गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट