कोहलीको अर्धशतकमा भारतद्वारा १ सय ५२ रनको लक्ष्य प्रस्तुत

भरतपुर, ७ कात्तिक । टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतले पाकिस्तानसामु जीतका लागि १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको हो । कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ […]
एक लाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने

भरतपुर, ७ कात्तिक । अमेरिकी सरकारले नेपाललाई एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउन लागेको खोप सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ । अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध […]
चार वर्षअघि वडाध्यक्षमा पराजित स्वतन्त्र उम्मेदवार पुनः मतगणनामा विजयी

भरतपुर, ७ कात्तिक । महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् । यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा […]
प्रधानन्यायाधीश–बार पदाधिकारीबीच छलफल सुरु

काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच सर्वोच्च अदालतमा छलफल सुरु भएको छ । प्रधानन्यायाधीशका बारेमा बाहिर प्रश्न उठाउँदै विरोध सुरु भए पनि यस विषयमा नेपाल बार एसोसिएसनले भने कुनै धारणा सार्वजनिक गरेको छैन । प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकामा भाग खोजेको तथा न्यायापालिकाको शाख जोगाउन भूमिका नखेलेको आरोप लागाइएको छ । […]
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनः डा. दीपेन्द्ररमण

काठमाडौं, ७ कात्तिक । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पुनः डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । यसअघि, विभागको निमित्त महानिर्देशक रहेका डा. आरपी बिच्छाको उमेर हदका कारण आज नै सेवा अवधि पूरा हुँदै छ । तर, विशेषज्ञको रूपमा […]
२०७८ कार्तिक ७ गते आइतबारको कायाकैरन दैनिक (E-Paper)