दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : केउरानी,भेडाबारी र बरटाँडी विजयी

देवचुली, ४ कात्तिक ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार केउरानी, भेडाबारी र बरटाँडी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको केउरानी र नमुना युवा क्लबबीच भएको पहिलो खेलमा केउरानी १-० गोल अन्तरले विजयी भएको छ । खेलमा केउरानीबाट आदित्य देवकोटाले गोल गरेका थिए । भेडाबारी र नवरङ्गी युथ क्लबबीच भएको दोस्रो खेलको निर्धारित समयमा बराबरी (०-०) गोल हुँदै ट्राईबेकरमा भेडाबारी ४-३ गोल अन्तरले विजयी भएको छ ।

त्यस्तै बरटाँडी युवा क्लब र जनजागृती क्लब विशालटारबीच भएको तेस्रो खेलमा बरटाँडी युवा क्लब ८-० गोल अन्तरले विजयी भएको छ । बरटाँडी युवा क्लबका तर्फबाट दोर्जे लामाले ५ गोल, जित मगर, शनि तामाङ र आशिष कंडेलले १/१ गोल गरेका थिए ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

शुक्रबारको खेल गैंडाकोट फुटबल क्लब र फारम खेलकुद समिति, गोडार युथ क्लब र शारदानगर फुटबल क्लब साथै देवघाट फुटबल क्लब र चोरमारा युवा क्लबबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट