एमालेको महाधिवेशन चितवनमा हुने, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

भरतपुर, ४ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय आज बसेको स्थायी कमिटी बैठकबाट भएको हो । महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन […]

दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : केउरानी,भेडाबारी र बरटाँडी विजयी

देवचुली, ४ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार केउरानी, भेडाबारी र बरटाँडी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको केउरानी र नमुना युवा क्लबबीच भएको पहिलो खेलमा केउरानी १-० गोल अन्तरले […]

एमाले गैंडाकोटको चियापान कार्यक्रम

गैंडाकोट, ४ कात्तिक । नेकपा एमाले गैंडाकोटले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । गैंडाकोटमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज तथा प्रदेश सभासद तिलक महत प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै महतले संस्कृति र परम्परा सबैको साझा पर्व […]

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छ- प्रधानमन्त्री देउवा

बझाङ, ४ कात्तिक । बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा उनले बाढीपहिराले बझाङमा पुर्‍याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको […]

देवघाटमा ६५ लाखको लागतमा आयुर्वेद अस्पताल बन्ने

भरतपुर, ४ कात्तिक । देवघाटमा बन्ने आयुर्वेदिक अस्पताल भवनको शिलान्यास भएको छ । उक्त भवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज शिलान्यास गरेकी हुन् । नौ कोठे आरसीसी भवनको शिलान्यास गर्दै प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवातर्फ विशेष ध्यान दिन आग्रह गरिन् । उनले भरतपुरमा कोही पनि नगरवासी आधारभूत स्वास्थ्य […]

डुबानमा परेको दुहबी सबस्टेसन सञ्चालनमा

बिराटनगर, ४ कात्तिक । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको […]

पानी पार्ने प्रणाली बाहिरियो, मौसममा सुधार

काठमाडौं, ४ कात्तिक । रासस नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले […]