एमाले गैंडाकोटको चियापान कार्यक्रम

गैंडाकोट, ४ कात्तिक ।
नेकपा एमाले गैंडाकोटले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

गैंडाकोटमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज तथा प्रदेश सभासद तिलक महत प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै महतले संस्कृति र परम्परा सबैको साझा पर्व रहेको बताउँदै एमाले अबका दिनमा एकढिक्का हुनुपर्ने बताए ।

कार्यक्रमका बिशेष अतिथि केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले संस्कृतिका धरोहरहरुलाई बलियो वनाउनुपर्ने बताउँदै आगामी दिनमा विभेदरहित नेपाल निर्माणमा लाग्न सम्पूर्णलाई आग्रह गर्दै संस्कृति र परम्परालाई जगेर्ना गर्न सबैजना एकै ठाउँबाट लाग्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष एवं प्रदेश सभासद रोशन गाहा मगर, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पौडेललगायत दीपक अधिकारी, कृष्ण घिमिरे, यमुनाप्रसाद न्यौपानेलगायत नवलपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, एमाले भातृ संगठनका नेता कार्यकर्तासमेतको कार्यक्रममा सहभागिता रहेको थियो ।

साथै सोही कार्यक्रममा नेत्र बिक्रम चन्द `बिप्लब´ माओवादीका एसिएम कृष्ण पराजुलीले पार्टी परित्याग गर्दै आफू नेकपा एमालेमा समाहित भएको घोषणा गरे । कार्यक्रमका प्रमुख अतिथि महतले अबिर लगाएर पराजुलीलाई पार्टी प्रवेश गराएका थिए ।

एमाले गैंडाकोट नगर अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव जगन्नाथ पौडेलले सहजीकरण गरेका थिए

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट